कैलाली २ मा कम मत भेटिएपछि मत गणना स्थगित

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २६ । कैलाली क्षेत्र नम्वर २ को मत गणना पनि स्थगित भएको छ । गएराति १ बजेतिर मतपेटिमा कम मत भेटिएपछि मतगणना स्थागित भएको हो । कैलाली क्षेत्र नम्बर २ को कोटा तुल्छिपुरमा रहेको कोटा तुल्छिपुर माविको मत पेटिकामा १ सय ९ मत कम भेटिएपछि मतगणना स्थगित भएको हो ।
नेपाली काँग्रेसले निर्वाचन आयोगले लापर्वाही गरेको भन्दै गणना स्थलबाट बाहिरिएपछि मत गणना स्थगित भएको हो । कैलाली क्षेत्र नम्बर २ मा ५८ हजार ८ सय ८७ मत खसेकोमा अहिलेसम्म २९ हजार ४ सय ६२ गणना भएका छन् ।
अहिलेसम्मको मत गणनाअनुसार नेकपा एमालेका झपट रावलले १३ हजार २ सय ८६ मत प्राप्त गर्नु भएको छ भने नेपाली काँग्रेसका मोहनसिंह राठौरले ११ हजार १ सय ८८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित