पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार रिहा

 
काठमाडौं, मंसिर २६ । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानमा लागेको आरोपमा पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार रिहा भएका छन् । यही मंसिर १० र २१ गतेको निर्वाचनपूर्व मंसिर १ गते मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गर्दै हिरासतमा राखेको थियो ।

थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *