दाङको तुलसीपुरमा बम विष्फोट, मतदान भने जारी

असार १४, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको छ । सो विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी गराएका छन् । अहिले प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीबाट एउटा कार, ४८ मोटरसाइकल र १५ रिक्सालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच सवारी सञ्चालन अनुपत्र बिनै चलाइएका ६५ बढी सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको हो । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *