सिंहदरबार भित्र निर्णयहरु भकाभक लुकाईदै !

काठमाडौं, मंसिर २५ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयहरु लुकाइएको पाइएको छ ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले गरेको निर्णय लुकाउन खोजेको हो ।

बैठकले निर्णय सुनाउने बेला सैनिक अधिकारीहरुको बढुवाको निर्णय मात्र गरेको भनिए पनि बैठकले केहि राजनैतिक नियुक्तिहरु गरेको सूचना चुहिएपछि सरकारले बैठकले गरेको निर्णयहरु लुकाउन खोजेको स्पष्ट भएको हो।

बैठक लगत्तै पत्रकारहरुलाई जानकारी दिदै सूचना तथा संचार मन्त्रि मोहन बहादुर बस्नेतले सेनाका दुई सहायक रथी र एक प्राविधिक उपरथीको पदावधि बढाएको मात्र जानकारी दिए ।

सरकारले निर्णय गरेर लुकाउन खोजेको गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको बिषय हो यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको विषय पनि लुकाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *