कञ्चनपुर ३ को मतगणना थप रोचक

मंसिर २५, महेन्द्रनगर । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा कायमै छ । मतगणनाको अन्ततिर आईपुग्दा दुवैजनाको मत अन्तर ८९ मात्र छ ।

पछिल्लो अपडेट अनुसार काँग्रेस उम्मेदवार पूर्वमन्त्री रमेश लेखकको मत २२ हजार ८ सय १ छ भने वाम गठबन्धनका उम्मेदवार दिपकप्रकाश भट्टको मत २२ हजार ८ सय ९१ छ ।

कञ्चनपुरका क्षेत्र न. १ र २ मा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले जितेको अवस्थामा क्षेत्र नं ३ मा भएको कडा प्रतिस्पर्धालाई रोचकरुपमा हेरिएको छ । केहीबेर अघि २५ मा झरेको मतान्तर अहिले बढेर ८९ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *