धनकुटामा वामको बिजय जुलुसमा उर्लियो जनसागर, चौकमा नअटेपछि बसपार्कमा सभा

रबिन कटेल
धनकुटा, २५ मंसिर । धनकुटामा उत्सव, बिरोध वा बिशेष अवसरमा सभाका लागि प्रायः मदनचौकनै सवैको रोजाईमा पर्ने गर्छ । जिल्लाको मुख्य बजारक्षेत्र र बढी चहलपहल हुँने भएकाले अधिकांस सभा मदनचौकमै हुँने गर्छन् । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा बिजयी बनेको बाम गठबन्धनले पनि बिजय जुलुस पछि सभा गर्न मदनचौकनै रोज्यो । सभाका लागि मदनचौकमै साउण्ड सिस्टम राखियो । तर, सभा भने त्यहा हुन सकेन ।

कारण थियो, सोचेभन्दा धेरै मानिस जुलुसमा सहभागि हुँनु । हजारौ मानिस बिजय जुलुसमा सहभागि भएपछि मदनचौकमा नआटेर बसपार्कमा सभा सार्नु पर्यो । मदनचौकबाट ११ बजे जुलुश सुरु गर्ने भनिएपनि मान्छे आउँनेक्रम नटुङ्गिएपछि पूर्व निर्धारित समयभन्दा करिव एक घण्टा ढिला गरी जुलुश अघि बढ्यो । मान्छे थपिने क्रम बढ्दै जाँदा जुलुसले बृहत रुप लियो । जुलुसको भीड ब्यवस्थापनमा खटिएका एमालेका स्थानीयका नेता जंसेर राईले हजारौं मान्छे सहभागि भएकाले भीड ब्यवस्थापन गर्न समस्या भएको बताए ।

बिजयको खुसीयालीमा नारा लगाएर बामपन्थी गीतमा नाच्दै रमाउँदा जुलुसनै अनियन्त्रित भई दुई भागमा बिभाजित भएको थियो । नाच्ने र खुसीयाली मनाउँनेको भीड अगाडी बढिसक्दा बिजयी उम्मेदवारसहितको समुह पडाडी छोडिएको थियो । बिजयी उम्मेदवारले मतदातालाई धन्यवाद दिएर आर्सिवाद ग्रहण गर्दै जुलुशमा हिडे । बिजयी उम्मेदवारसहित नेता–कार्यकर्ता, शुभेच्छुक लगायतले नौमती बाजासहित बजार परिक्रमा गरेका हुन ।

मदनचौकबाट सुरु भएको जुलुश वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे र तल्लोकोप्चे परिक्रमा गर्दै कोणसभाका लागि मदनचौक पुगेपछि कार्यक्रम सञ्चालक एवं एमाले जिल्ला सचिव सुरेन्द्र पौडेलले उद्घोषण सुरु गरे । तर, मदनचौकदेखि चुवाको बोटसम्म सडकभर खादाखाद मान्छे भएर आवाज नसुनिएपछि ठुलो ठाउँको खोजिमा बसपार्कमा सभा सारिएको हो । सभाको ब्यवस्थापनमा कमजोरी भएको भन्दै आयोजकको तर्फबाट एमाले सचिव पौडेलले क्षमा पनि मागे ।

बसपार्कमा सभा गर्दा मान्छेको भीडले सवारी आवागमन नै प्रभावित भएको थियो । सभालाई संबोधन गर्दै प्रतिनिधि सभामा बिजयी राजेन्द्र राई, प्रदेशसभा क मा बिजयी निरन राई र प्रदेशसभा ख मा बिजयी ईन्द्रमणी पराजुलीले अत्याधिक मतले बिजयी गराएको प्रति मतदातालाई धन्यवाद दिदै चुनाव अघि बोलेका कुरा पुरा गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रतिनिधि र दुवै प्रदेशसभामा एमाले बिजयी
धनकुटामा ३७ हजार ३ सय ३३ मतसहित प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजेन्द्र राई बिजयी भएका छन । उनका निकटतम प्रनिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन । १० हजार ४ सय ५९ मतान्तरले राई बिजयी बनेका हुन ।
यता प्रदेशसभा क मा २० हजार ८८ मतसहित एमालेका निरन राई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन । ६ हजार ६ सय ४६ मतान्तरसहित राई बिजयी बनेका हुन ।

त्यस्तै प्रदेशसभा ख मा २० हजार ६ सय ५२ मतसहित एमालेका ईन्द्रमणी पराजुली बिजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन ।

समानुपातिक तर्फको मतगणना भने जारी छ । मंगलबार बिहानसम्ममा नजिता आउँने मुख्य निर्वाचन अधिकृत बिनोदकुमार पोख्रेलले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *