२० रुपैयाँले लियो नयाँ मोडःभगवती चौधरीलाई हराउन एक पछि अर्को शंकास्पद फायलहरु भेटिदै

काठमाडौं, मंसिर २५ । सुनसरी–३ मा मत गणनाका क्रममा विभिन्न शंकास्पद कागजात पत्रहरु भेटिएपछि मत गणना स्थगित भएको छ । अहिले यस विषयमा सर्वसम्मतीय बैंठक पनि चलिरहेको छ तर बैंठकले सही निर्णय भने लिएको छैन ।

सोमबार मगतणना सुचारु भइरहदा २० रुपैयाँको नोट र अर्धकट्टी नच्यातिएको ९ मतपत्रमा रुख छाप हानिएको मतपत्र भेटिएसँगै मत गणना स्थल भित्र र बाहिर एक पछि अर्को शंकास्पद फायलहरु भेटिएका छन् । यसरी मत गणना स्थल भित्र र बाहिर एक पछि अर्काे शंकास्पद कागजत फायलहरु भेटिएपछि त्यहाँका निर्वाचन अधिकृत टीका भुषण चौधरीलाई पनि कारबाहीको माग गरिएको छ ।

२० रुपैयाँले लियो नयाँ मोड

जारी मत गणना सोमबार पनि निरन्तर बढीरहेको थियो तर सरासर मत गणना भइरहादा २० रुपैयाँको नोट र नौ वटा अर्धकट्टीसहितको मत पत्र भेटिएपछि स्थगित भएको मत गणना कार्यले केही समयसम्म झडपको स्थितिसम्म पुगेको थियो । हाल मत गणना स्थलबाहिर निर्वाचन अधिकृतले मुचुल्का उठाएको फायल पनि बेवारिसे अवस्थामा भेटिएको बताइएको छ भने मतपत्र सिल गर्ने स्टिकर काँटेर सुरक्षितका साथ राख्नुपर्ने भएपनि च्यातिएको अवस्थामा फेला परेको छ । त्यस्तै, नौ वटा अर्धकट्टी भेटिएपछि त्यसको ट्याल्ली र सिरियल नम्बर निर्वाचन अधिकृतसँग माग गर्दा कुनै जवाफ नआएपछि उनीमाथि झन् शंका तथा उपशंकाहरु उब्जिएसँगै उनलाई कारबाहीको माग गरिएको छ । जबकि निर्वाचनलाई शान्त र निष्पक्ष बनाउनुपर्ने अधिकृतले दलनिकट भएर काम गरेपछि उम्मेद्वार भगवती चौधरीले काबरबाहीको माग गरेकी छिन् ।

अहिले मत गणना स्थल बाहिर बाम गठबन्धन समर्थित विद्यार्थी संगठन र काँग्रेसी नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुबीचमा झडप भइरहेको छ । बाहिर सुरक्षाका लागि कर्मचारी, म्यादी प्रहरी, सेना र सुरक्षाकर्मीहरु परिचालन भएपनि झडप रोक्न सकिरहेका छैनन् ।

 

यसरी, मत गणना कार्य अन्तिम अवस्थामा पुग्दा मुख्य निर्वाचन अधिकृतकै मिलेमतोमा यस्तो खेल रचिएपछि निष्पक्ष र शान्त वातावरणमा मत परिणाम सार्वजनिक गर्ने लगायतका विषयमा छलफल भइरहेको उम्मेद्वार निर्वाचन प्रतिनिधि विनोद कुमार चौधरीले जानकारी गराए । उता, बाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका एमालेकी भगवती चौधरीको जित सुनिश्चित भएपछि गच्छदारले यो नाटक रचेर चौधरीलाई हराउन लागि परेको उनका सहयोगी प्रदीपले बताए । उनले अब कुनै पनि हालतमा यो खेल उल्ट्याइयो भने आफूहरुले जे पनि गर्न सक्ने भन्दै निष्पक्ष मत परिणाम आउनुपर्ने बताएका छन् ।

चौधरी र गच्छदारबीच एक सय ५५ मतान्तरको क्रममा सो घटना घट्यो । घटना घटनुपूर्व एमालेकी चौधरीले २९ हजार ३२६ र गच्छदारको २९ हजार १७१ मत रहेको छ ।स्रोतका अनुसार गच्छदारले आफ्नो पकड भएको क्षेत्रमा पनि चौधरी नै अघि अघि भएपछि यस्ता लफडाहरु झिकेर निर्वाचन धाँधली गर्न खोजेको आरोप लगाइएको छ । हाल उम्मेद्वार चौधरी मत गणना स्थलमै रहेका छन् भने गच्छदार निवासमा बसेर कार्यकर्तालाई निर्देशन दिइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *