सुनसरी–३ को मत गणना स्थगित : भगवतीले जित्नै लाग्दा विजय गच्छदारले खेले यस्तो खेल

काठमाडौं, मंसिर २५ । सुनसरी क्षेत्र नं–३ मा मतगणना जारी रहँदै गर्दा मत पत्रभित्र २० रुपैयाँको नोट र नौ वटा अर्धकट्टी नच्यातिएको मत पत्रमा रुख छाप हानेको मत पत्र भेटिएपछि बबाल मच्चिएको छ ।

स्रोतका अनुसार भगवती चौधरीको जित सुनिश्चि भइसक्दा विपक्षी गच्छदारका कार्यकर्ता र त्यहाँका केही निर्वाचन अधिकृतको मिलेमतोमा यस्तो रणनीति रचिएको हो ।

 

 

अनुसार मत गणना गर्दा भेटिएको उक्त २० रुपैयाँको नोट काँग्रेसका उम्मेद्वार विजय गच्छदारको हुन सक्ने बताइएको छ । हाल मत गणना स्थलमा भीडले भरिएको छ भगवती चौधरीको जित सुनिश्चि भइसक्दा गच्छदारले यी सबै खेल खेलेको त्यहाँका एक जना स्थानीयले फोन सम्पर्कमा जानकारी गराए ।

 

यसरी मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि भित्र संलग्न निर्वाचन आयोगका कर्मचारीले २० रुपैयाँसहित भेटिएको मतलाई बदर भनेपछि गच्छदारका कार्यकर्ताले बदरनहुने भन्दै विरोध गरेका थिए ।

यसरी मत परिणामको अन्तिम अवस्थामा आएर यस्तो रणनीति अपनाइएपछि दोस्रो संविधान सभाको निर्वाचनकै झल्को आउने गरि गच्छदारले भगवतीलाई हराउने यस्तो मुसो चाल चालेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काग्रेसका उम्मेदवार विजय गच्छदार एमालेकी उम्मेदवार भगवती चौधरी भन्दा १५५ मतले पछाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *