मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दुई कम्पनीको मूल्य समायोजन, कस्को मूल्य कति ?

असार १४, काठमाडौं । बुधबार नेप्सेमा दुई कम्पनीको वोनस र हकप्रद शेयरको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन हुनेमा साल्ट टेडिङ कर्पोरेशन र हकप्रद शेयर समायोजन हुनेमा सप्तकोशी डेभलपमेण्ट बैङ्क लिमिटेड रहेको छ ।

नेप्सेमा साल्ट टेडिङको २० प्रतिशत बोनस शेयरपछि समायोजन मूल्य रू. २ सय ३८ भएको छ भने कम्पनीको समायोजनको लागि आधार मूल्य रू. २ सय २३ तोकेको छ ।  त्यसैगरि सप्तकोशी डेभलपमेण्टको १ सय ३० प्रतिशत हकप्रद शेयरपछि समायोजन मूल्य रू. २ सय ९ भएको छ भने कम्पनीको समायोजनको लागि आधार मूल्य रू. १ सय ९३ तोकेको छ ।

प्रतिकृयाहरु
Loading...