गायक तथा सङ्गीतकार श्रेष्ठ श्रोता माँझ आउँदै

असार १४, काठमाडौं । चर्चित एंव लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ अब एकल साँझ मार्फत श्रोता माझ प्रस्तुत हुने भएका छन् । असार २४ गते ठमेलको थर्ड आई थियटरमा आफ्ना तथा चर्चित गायकहरूका गीतहरु सहित श्रेष्ठ प्रस्तुत हुने छन् ।

    

दुई दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा क्रियाशिल श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा बढी गीतहरु श्रोता माझ आएका छन् भने १५० भन्दा बढी गीतमा कर्णप्रिय संगीत भरिसकेका छन् । गायक तथा संगीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायकका साथै गीतकार, संगीतकार तथा एरेन्जर पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *