दाङ १ मा एमाले केन्द्रीय सदस्य चौधरी निर्वाचित

मंसिर २४, दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी विजयी भएका छन्। आइतबार सार्वजनिक भएको परिणाम अनुसार दाङको क्षेत्र नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य चौधरी ३४ हजार १ सय ८७ मत प्राप्त गरी विजयी भएका हुन्।

चौधरीका निकटतम प्रतिद्वन्द्वी एवं नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २१ हजार ८ सय ४० मत प्राप्त गरिन्। एमालेका दाङ जिल्ला इञ्चार्जसमेत रहेका चौधरीले कांग्रेस नेतृ एवं पूर्व सांसद समेत रहेका चौधरी भन्दा १६ हजार ३ सय ४७ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन्।

यो निर्वाचन क्षेत्रबाट प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजित थारु १७ हजार २ सय ८४ मत प्राप्त गरी विजयी भएका छन्। थारुका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेका छन्। थारुले थापालाई ५ हजार ८ सय ९२ मतान्तरले पराजित गरेका थिए।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *