दाङ निर्वाचन क्षेत्र नम्बर ३मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार हिराचन्द्र केसी विजयी

मङ्सिर २४, दाङ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार हिराचन्द्र केसी विजयी भएका छन्।

उनी ४० हजार २ सय ८७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे।

एमाले नेता केसीले गिरी भन्दा ६ हजार ५ सय ५७ मत बढी प्राप्त गरेका छन्। केसी एमालेका जिल्ला सचिव हुन् भने गिरी कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइमन्त्री हुन्। दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख १८ हजार ९ सय ८६ मतदाता थिए भने ८० हजार ९ सय ३६ मत खसेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =