वर्षमान पुन रोल्पाबाट ४० हजार ६४७ मतका साथ विजयी

रोल्पा, मंसिर २४ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *