भिभो सन् २०२२ सम्मको लागि आइपिएलको मुख्य प्रायोजक

एजेन्सी – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ ।

सन् २०१२ मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोले दुर्इ वर्षका लागि आइपिएलसँग जोडिएको थियो । करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले २०१८ देखि २०२२ सम्म प्रति वर्ष ४३९.८ करोडको बोलीले जितेको हो ।

सन् २००८ मा सुरु भएको आइपिएललाई भारतको रियल इस्टेट कम्पनि डीएलएफले चार वर्ष प्रतिवर्ष ४० करोड भारुमा प्रायोजन गरेको थियो । त्यसपछि पेप्सी आइपिएल नाम दिनलाई पेप्सीले प्रतिवर्ष ७९.२ करोड तिर्ने शर्तमा ५ बर्षे सम्झौता गरेपनि २ बर्षमा उक्त सम्झौता तोडेको थियो ।

पछिल्लो पटक भन्दा कम्तिमा १५ प्रतिशत धेरै तोकिएको ‘बेस प्राइस’ भन्दा धेरै बढीमा आइपिएलको नामकरण अधिकार भिभोले खरिद गरेको हो । भिभोको प्रतिस्पर्धामा भारतीय क्रिकेट टोलीलाई प्रायोजन गरेको ओप्पो मोबाइल फोनको ब्राण्डले बोली लगाएको थियो । ओप्पोले पाच वर्षमा १ हजार ४ सय ३० करोडको बोली लगाएको थियो । भिभोले भने ५ वर्षको लागी कुल २ हजार १ सय ९९ करोडको बोली लगाएको हो। यो बोली पछिल्लो पटक तिरिएको रकम भन्दा ५ सय ५४ प्रतिशतले वृद्धि भएको छ। ओप्पो र भिभो बाहेक जियोमी र इन्टेक्सले सम्झौतामा चासो देखाएपनि कुनै आधिकारिक बोलि भने लगाएनन ।

प्रायोजकसमय अवधिप्रायोजन रकम (प्रति वर्ष)
डीएलएफ२००८-१२४० करोड भारु
पेप्सी२०१३-१५७९.२ करोड भारु
भिभो२०१६-१७१०० करोड भारु
भिभो२०१८-२२४३९.८ करोड भारु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *