सिरहा ४ (क) मा दिलीपकुमार साह निर्वाचित

लहान, २४ मंसिर । सिरहा प्रदेशसभा क्षेत्र नं ४ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दिलीपकुमार साह ११ हजार १२१ मतसहित विजयी हुनुभएको छ ।  गएराति सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामकुमार मण्डललाई एक हजार १३८ मत अन्तरले पराजित गर्दै साह निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार मण्डलले नौ हजार ९८३ मत मात्र ल्याउनुभयो ।  यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *