रौतहटको चार वटै प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम

मंसिर २३, राैतहट । गौर स्थित जुद्ध उमाविमा मतगणना भइरहेको गणना मा दुई क्षेत्रमा काग्रेस, एक मा राजपा नेपाल र एक मा बाम गठबन्धनले अग्रता लिइरहेको छ । क्षेत्र नम्बर १ मा राजपा नेपालका उम्मेदवार अनिल कुमार झा नेपाली काग्रेसका उम्मेदवार कृष्ण यादव भन्दा ४ हजार बढी मतले अगाडी छन् । बाम गठबन्धनका उम्मेदवार सत्य नारायण भगत तेस्रो स्थानमा छन् । ५६ हजार ४ सय ६५ मत खसेको सो क्षेत्रमा करिब ३५ हजार मत गणना भैसकेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेदवार अफ्ताव आलम ससफोरम का उम्मेदवार किरण साह भन्दा करिब दुई हजार मतले अगाडी छन् । नेकपा एमाले बाट बाम गठबन्धनका उम्मेदवार मुस्ताक आलम तेस्रो स्थानमा छन् । यो क्षेत्र ५५ हजार एकसय ८९ मत खसेको मा करिब २८ हजार मत गणना भैसकेको छ । रौतहटको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्र बाट बाम गठबन्धनका उम्मेदवार प्रभु साह करिब १५ सय मतले नेपालीका काग्रेसका उम्मेवार सुनिल कुमार यादव भन्दा अगाडी छन् । उक्त क्षेत्रमा राजपा नेपालका ओम प्रकाश जैसवाल तेस्रो स्थानमा छन् । यो क्षेत्रमा ६५ हजार सात सय १५ मत खसेकोमा १८ हजार मत गणना भैसकेको छ ।

यसै गरी रौतहट क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका देव प्रसाद तिमल्सेना १५ सय मतले एमालेका उम्मेदवार डा. बंशिधर मिश्र भन्दा अगाडी छन् । राजपा का उम्मेदवार कन्थमणी जयसवाल तेस्रो स्थानमा छन् । रौतहट ४ मा ६२ हजार चार सय ५९ मत खसेको मा करिब १८ हजार मत गणना भैसकेको छ । रौतहटमा ६८ प्रतिशत मत खसेको थियो । जिल्लामा तीन लाख २९ हजार मतदाता रहेका छन् । चार वटा प्रतिनिधि सभाको क्षेत्र रहेको रौतहटमा ९१ जनाको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *