कास्की २ मा एमालेका अधिकारी विजयी

पोखरा, २३ मङ्सिर । कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।

उहाँले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गर्नुभएको थियो भने दोस्रोपटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गर्नुभएको थियो । विजयी भएसँगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *