यी महिलाले आफ्ना ब्वाइफ्रेन्डसँग मिलेर गरे युवतीको बलात्कार

एजेन्सी । प्रसंग अष्ट्रेलियाको हो । राजधानी सिड्नीमा भएको बलत्कारको घटना हो, जसले ठूलै खैलाबैला मच्यायो । मंगलबार उक्त घटनाको आरोपमा एक महिला र त्यसका ब्वाइफ्रेन्डलाई अदालतमा पेश गरियो । अनौठो त के भने ती युवतीले आफ्नो ब्वाइफ्रेन्डसँग मिलेर एक युवती जो १४ वर्षकी थिइन्, तिनको बलात्कार गरे । आरोपी युवतीको नाम हो, रशेल स्मिथ । २३ वर्षीया युवतीले १ नोभेम्बरमा आफ्ना ब्वाइफ्रेन्ड मैथ्यू ब्लेजलीसँग ती किशोरीको बलात्कार गरेका थिए ।

– सिड्नी प्रहरीका अनुसार, रशेलले सिड्नीको हन्नसवाय मलबाट १४ वर्षीया किशोरीलाई आफ्नो घरमा ल्याएर आएकी थिइन् ।

– त्यहाँ रशेलको घरमा पहिलेदेखि नै ब्वाइफ्रेन्ड मैथ्यू बसिरहेका थिए । दुबैले किशोरीलाई घरमा कैद गरेर र उनीसँग शारीरिक सम्बन्ध बनाए ।

– जब किशोरी त्यहाँबाट उम्किइन्, घरमा पुगिन् र परिवारलाई सबै कुरा बताइन् । परिवारले प्रहरीमा उजुरी गरेपछि आरोपीहरु पक्राउ परे ।

– रशेललाई जब अदालतमा हाजिर गराइयो, त्यसबेला पनि अनौठो देखिन्थे ।

– सुनुवाईका दौरान रशेलले मुस्कुराउँदै हात हल्लाएर जर्जलाई हाई भनिन् ।

– रशेलका वकिलले चाहि उक्त आरोप झुट भएको दावी गरेको छ । उसले भनेको छ, जुन दिन उसले किशोरीलाई ल्याएको भनिउको छ त्यो दिन रशेल घरमै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *