बाँके १ (क) मा माओवादी, दाङ १ (ख)मा एमाले विजयी

२०७४ जेठ १५ गते

“
मंसिर २३, काठमाडौं । बाँके क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णा केसी १३ हजार ४३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत ल्याएका छन् ।
यता, दाङ क्षेत्र नं १ को प्रदेश (ख) मा पनि वाम गठबन्धनका तर्फबाट (एमाले)का रेवतीरमण शर्मा १९ हजार ३५४ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
कूल ५२ हजार ७०० मत रहेकामा यस क्षेत्रमा ३६ हजार १४२ मत खसेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित