अर्घाखाँचीबासी छाता ओडेर मतदानमा सहभागी हुदै

असार १४, अर्घाखाँची । अर्घाखाँचीका धेरैजसो मतदान केन्द्रमा अर्घाखाँचीबासीहरु छाता ओडेर लाईनमा बसी मतदान गरिरहेका छन । विहानैदेखि सिमसिम पानी परेपनि उत्साहका साथ जिल्लाबासीले मतदान गरेका हुन् । बिहान ७ बजेदेखि अर्घाखाँचीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा जिल्लाभर नै मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताउनु भयो ।

यसैबीच अर्घा रज्स्थलमावी अर्घाबाट पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, पूर्व राज्यमन्त्री रेवती प्रसाद भुसाल, अर्घाखाँची आवासीय मावी बेलबाटीकाबाट पूर्व मन्त्री मानबहादुर विकले मतदान गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले सन्धिखर्कमा रहेको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछिन् । जिल्लाबासी सिमसिम पानी परे पनी उत्साहका साथ मतदान गर्न बिहानैदेखि लाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *