तनहुँमा रामचन्द्र पौडेलसहितको टिमलाई किसान समूहले खेद्दै

दमौली (तनहुँ),मंसिर २३ । तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका वरिष्ठ नेता तथा उम्मेद्वार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि धकेलिदा उनीसहितको समूह नै पछि परेको छ ।

 

 

पछिल्लो मत गणना अनुसार काँग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ मत प्राप्त गरेका छन् । त्यस्तैै, प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै तनहुँको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘क’ मा काँग्रेसका प्रदीप पौडेलले छ हजार चार सय ५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ मत प्राप्त गरेका छन् भने प्रदेशसभा ‘ख’ मा काँग्रेसका ध्रुव वाग्लेले आठ हजार ५७२ र एमालेका किरण गुरुङ्गले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *