प्युठानमा दुर्गा पौडेल २६सय मतान्तरले अगाडी

मंसिर २३, प्युठान । प्युठानमा राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले प्रतिस्पर्धी काँग्रेसका डा. गोविन्द पोखरेललाई दुई हजार पाँचसय ८८मतले पछाडी पारेकी छन् ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको प्युठानमा २२०९२ मत गणना हुँदा पौडेलको पक्षमा १११५२ मत आएको छ भने डा. पोखरेलले ८५६४ मत पाएका छन् । १३९६ मत बदर भएको छ ।

यस्तै प्रदेश सभा तर्फ कमा एमालेका हरीप्रसाद रिजालले पाँच हजार सात सय ७५ मत ल्याउँदा काँग्रेस उम्मेदवार टेकप्रसाद भण्डारीले तीन हजार ४८ मत ल्याएका छन् । त्यस्तै प्रदेश ख मा माओवादी केन्द्रका कृष्णध्वज खड्काले चार हजार सात सय ६२ मत ल्याएका छन् भने काँग्रेसका अमर प्रसाद भण्डारीले दुई हजार आठ सय ९३ मत ल्याएका छन् ।

प्युठानमा राष्ट्रिय जनमोर्चा, एमाले र माओवादीको वामपन्थी गठबन्धन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *