वाम मय ‘बैतडी’

बैतडी, २३ मङ्सिर । प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारी विजयी भएका छन् , भने प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का पे्रमप्रकाश भट्ट र प्रदेशसभा (ख) मा नेकपा (एमाले) का लीलाधर भट्ट विजयी भएका छन् ।

एमालेका दामोदर भण्डारी ३९ हजार ५२४ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत प्राप्त गरे ।

प्रदेश ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्टले १८ हजार ९३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरे ।

यस्तै, प्रदेश ‘ख’ मा एमालेका लीलाधर भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरे ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १२ जना उम्मेदवार चुनावी प्रतिस्प्रर्धामा रहेका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *