कार विस्फोट गरी युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या

युक्रेन, १४ असार । युक्रेनका उच्च पदस्थ गुप्चतर अधिकारीलाई मङ्गलबार एक कार विस्फोट गरी हत्या गरिएको युक्रेनी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको विस्फोटमा परी घटनास्थलमै मृत्यु भएको छ ।” आवासीय क्षेत्रको सडकमा रहेको उहाँको कारलाई स्थानीय समयअनुसार करिब ८ बजे विस्फोट गराउँदा दुई जना बटुवासमेत गम्भीर घाइते भएका छन् ।

युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै सापोभल पूर्वी युक्रेनमा भएको द्वन्द्वमा त्यहाँ खटिनुभएको थियो ।

यसै बर्षको मार्चमा पनि अर्का युक्रेनी गुप्चतर अधिकारी अलेक्जेन्डर खाराबेरुसलाई यस्तै विस्फोट गराई हत्या गरिएको थियो । रासस/ सिन्ह्वा”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *