फेरि सर्यो पेशी, २३ गते बहस

किशोर खनाल, भरतपुर । भरतपुर महानगरको विवादबारे सर्वोच्च अदालतमा परेको रिटमाथिको अर्को बहस असार २३ गते तोकिएको छ । पुनः मतगणनाको माग गर्दै वडा नं १९ का एमाले उम्मेदवार गुञ्जमान विकसहितले सर्वोच्चमा हालेको रिटमाथिको बहस असार २३ गते हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो ।

सोही आदेश अनुसार वडा नं १९ को च्यातिएको मतपत्र चितवनका मतदान अधिकृतहरुले सुरक्षाकर्मीको रोहबरमा बुद्ध एयरबाट काठमाडौं पु¥याइएको थियो । मतपत्र सुरूमा त्रिभुवन विमानस्थलबाट निर्वाचन आयोगका कर्मचारी र प्रहरीले बुझेका थिए । महान्यायाधिवक्ता कार्यालयको समन्वयमा च्यातिएको मतपत्रको पोको सर्वोच्च अदालत पु¥याइएको थियो ।

यसअघि अदालतले दिएको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको थियोसोही आदेशअनुुसार सम्पूर्ण कागजात अदालतमा पेस गरिएको छ ।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । पुनः मतदानको निर्णयविरुद्ध एमालेका उम्मेदवारले सर्वोच्चमा रिट हालेका थिए । भरतपुर महानगरका २९ मध्ये २७ वडाको गणना भइसकेको छ । वडा नं २० को गणना हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *