नारायणगढ मुग्लिन सडक निर्माण समयमै सक्न निर्देशन

किशोर खनाल, भरतपुर । व्यवस्थापिका संसदको विकास समितिले तोकिएको समयभित्रै नारायणगढ मुग्लिन सडक निर्माण गरिसक्न निर्देशन दिएको छ । राजधानी जोड्ने एकमात्र प्रमुख सडक नारायण–मुग्लिन सडक निर्माणका काम समयमै सम्पन्न हुन नसकेपछि विकास समितिले ठेकेदार पक्षलाई समयमै काम सक्न निर्देशन दिएको हो । विकास समितिले भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा तोकिएको समयमा काम भएनभएको बारेमा नियमित अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएको छ ।

सन् २०१७ अप्रिलमा सकिने गरी २ वर्ष अवधिमा गर्नु पर्ने काम समयमै सम्पन्न नभएपछि २०१७ नभेम्बरसम्मको लागि समय थप गरिएको छ । थप गरिएको समयमा पनि उपलब्धीमुलक काम नभएको भन्दै विकास समितिका सभापति सांसद रविन्द्र अधिकारीले अगामी नोभेम्बर भरिमा काम सक्न निर्देशन दिए । ‘काम नसक्ने तर समय थप्दै जाने हो भने कहिल्यै काम सकिँदैन, सभापति अधिकारीले भने, ‘के के कारणले काममा ढिला भएको हो जानकारी गराउनूस् हामी सरकारलाई निर्देशन दिन्छौं ।’

समिति सदस्य गुरु वुर्लाकोटीले सडक निर्माण गर्दाका बहु आयामिक पक्षमा ख्याल गर्नु पर्नेमा त्यस्तो नभएको बताए । सडक विभागका महा निर्देशक गोपाल सिग्देलले लक्ष्य अनुसारको काम हुन नसकेको बताए । केही स्थानमा कालोपत्रेकोे पनि काम सुरु भएको जानकारी गराउँदै महा निर्देशक सिग्देलले गाडीको उच्च चापका कारण काममा कठिनाइ भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *