अबुझ नारीले नेपाली भाषीमा फुट ल्याउन सक्दिनन्

असार १४, विष्णु जोशी । पुर्वोत्तर सैन्य मेघालय स्थित सहरमा स्थायी बसोवास गर्ने सिमा सुवेदीले समाजिक सजाल फेसबुकबाट नेपलीहरु प्रति दुर्वयवहार र अपमानजनक शव्दहरु प्रयोग गरि गाली गलौच गरेपछी प्रवासी नेपालीहरु आक्रोसित भएका छन् । उनले प्रवासी नेपालीहरुलाई नाना थरिका कुराहरू लागाउदै नेपलीहरुको चरित्र माथि खुकुरी रोप्ने प्रयास गरेकी छन् । यति मात्रै नभएर दार्जलिगंमा चलिरहेको लडाईको विषयमा नेपालीहरुलाई कुनै किसिमको हस्तछेप नगर्न भनेकी छन् ।

आफु नेपाली भएपनि भारतको नुनको सोझो गरेको सिमाले समाजिक सजांल फेसबुक मार्फत जानकारी गराएकी छन् ।यसै विषयलाई लिएर अन्तराष्ट्रिय सुपसेवा समाजले यी कुराहरुको पछि नलागि दैनिक कृयाकलापमा व्यस्त हुन सबैमा अनुरोध समेत गरेको छ ।

भारतको गुजरातमा कार्यरत नेपाली लोकेन्द्र खत्रि भन्छन, “”वास्तवमा हाम्रो ईतिहास भन्ने हो भने बहादुर शाहको पालामा नेपालको पुवी सिमाना टिस्टा अनि पश्चिमको किल्ला काङ्गडा हो तर सिमा सुवेदीले सारै नराम्रो किसिमले नेपालको विर गाथालार्इ घोचेकी छन् । त्यो उहाँको दिमाग अनि बुद्धिले दिए अनुसार गर्ने हो तर उहाँको अभिव्यक्ति गर्ने शैलीले नेपालीहरूको मन दुखाएको छ । वास्तवमा नेपालीको पहिचान दार्जिलिङ हैन त्यो त जति खेर नेपालको स्वामित्वमा रहेन त्यो अवस्थामा भारतको सम्पती हुन पुग्यो ।””

त्यस्तै भारतको चेन्नईमा कार्यरत नेपाली सुप सेवा समाजका दिपक मल्ल भन्छन, “”हामीलाई यस कुराले दुख लागेको छ तर एउटा अबुझ नारीले गर्दा सबै नेपाली भाषीमा फुट ल्याउन सक्दैन । भारतमा रहने नेपालीहरूको सोचाई जस्तो भयपनि उनीहरू हाम्रै दाजुभाई हुन। उनको सोचमा जे आएपनि रगतको नाता तोड्न सक्दैनन। यस विषयमा सकरात्मक र नकरात्मक धारणाहरु आए पनि कतिपयको आक्रोस भने मेटिएको छैन ।””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *