काठमाडौँका २/२ निर्वाचन क्षेत्रमा काँग्रेस र एमाले अगाडि


“
काठमाडौँ, २२ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस र दुई क्षेत्रमा नेकपा(एमाले) अगाडि रहेको छ ।
आज राति ८ बजेको मत परिणाम अनुसार काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पाँच हजार ५३४, विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले चार हजार ८१२ र वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले दुई हजार ३११ मत प्राप्त गर्नुभएको क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो ।
यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चार हजार ३५६, काँग्रेसका उम्मेदवार दीपकप्रसाद कुईंकेलले दुई हजार २९४ र विवेकशील साझा उम्मेदवार पार्टीका सूर्यराज आचार्यले एक हजार ९०० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत अञ्जन भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले चार हजार २४६, नेपाली काँग्रेसका उम्मेदवार अम्बिका बस्नेतले तीन हजार ७५८ र विवेकशील साझाका उम्मेदवारले ८९३ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत विना खड्काले जानकारी दिनुभयो ।
यस्तै क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले छ हजार ४५१, नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईले छ हजार ३६३ र विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले ३९३ मत प्राप्त गर्नुभएको क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
“
