पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, तीनजना बेपत्ता

दोलखा, १४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन् । पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । अर्को घरमा बस्दै आएकी ७० वर्षीया लाटी थामी समेत पहरोमा परी वेपत्ता भएकी छिन ।

बेपत्ता भएकाहरुको खोजी गर्न अहिले जिल्लाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । लगातार वर्षा भइरहेका कारण लामोसाँघु–जिरी सडकखण्ड अहिले अवरुद्ध छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *