पर्वतमा दिउँसो १ बजे देखि मतगणना सुरु हुने

२०७४ जेठ १५ गते

“
मङ्सिर २२, पोखरा । पर्वतमा दिउसो १ बजे देखि मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइसकेकाले दिउँसो ११ बजे सर्वदलिय बैठक बसेर दिउँसो १ बजेपछि मतगणना हुनेछ ।
मतगणनास्थल जिल्ला अदालतमा उच्च खालको सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ । ३ स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । दुई कोठामा प्रत्यक्ष तर्फ र एक ठुलो हलमा समानुपातिक तर्फको मत गणना हुनेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित