डा. बाबुरामलाई मित्र नारायणकाजीले पछ्याउन छाडेनन् (मत परिणामसहित)
“
गोरखा, मंसिर २२ । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।
बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठले ४,४७२ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ ।
यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याउनुभयो भने काँग्रेसका नेता धीरन थापाले २,५०७ मत ल्याएा छन् । त्यहाँ अहिलेसम्म छ हजार ६८३ मत गणना भएको छ ।
प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि हुनुहुन्छ भने काँग्रेस नेता राजेन्द्र बजगाइँले २४२६ मत ल्याएका छन् । अहिलेसम्म ६५५० मत गणना भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई ७५२० मतका साथ अघि रहेका छन् ।उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठले ६३०४ मतका साथ पछ्याइरहेका छन् । त्यहाँ अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ ।
गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याउनुभयो भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि हुनुहुन्छ । अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ ।
यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याउदा माओवादीका अमर तमु ३,४३३ मत ल्याउएका छन् । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्त गतिमा अघि बढेको छ भने मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
“