काठमाडौं क्षेत्र नम्बर–५ मा इश्वर पोखरेललाई प्रकाशशरणले पछ्याउँदै (हेनेुहोस् मत परिणाम)

काठमाडौं,मङसिर २२ ।  काठमाडौँको क्षेत्र नम्बर– ५ को मत परिणाम सार्वजनिक भएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्व–परराष्ट्रमन्त्री प्रकाश शरण महतले २९० मत प्राप्त गरेका छन् भने बाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेलले ४०० भन्दा बढी मत ल्याएका छन् ।

 

नयाँ बानेश्वरस्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा ११ बजेदेखि मतगणना सुरु भइरहेको छ ।

शुक्रबार बिहान १० बजे नै मतगणना सुरु गर्ने भनिएपनि निर्वाचन आयोगको तयारी नपुगेको र सबै दलका प्रतिनीधीहरु उपस्थित नभएका कारणले मतगणना सुरु हुन ढिला भएको थियो । मत परिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन क्षेत्र नं। ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा हुनेछ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *