राजधानीमा जब सडकबाटै खोला बग्छ (भिडियो सहित)

मनोज थापा, काठमाडौं । सामाखुशी खोला मिचेर घर तथा पर्खाल निर्माण गरेपछि खोला बाटोबाट बग्न थालेको छ । बसुन्धराको धापासी मार्गमा खोला मिचिएपछि मूल सडक खोलामा परिणत भएको हो ।

मंगलबार परेको मुसलधारे वर्षापछि सडकबाट खोला बग्दा अधिकांश पसल भित्र पानी पसेर क्षति पुगेको छ । करिब तीन फिटसम्म पानी बगेपछि सवारी साधन र मानिसहरु हिड्डुल गर्न अप्ठ्यारो परेको छ भने जोखिम बढेको छ । खोला मिच्नेलाई सम्बन्धीत निकायले कारबाही गरी खोला संरक्षण नगर्दा वर्षेनी त्यस्तो समस्या देखिने गरेको छ ।

https://youtu.be/JOA-wNaJP0g”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *