आज साँझदेखि विप्लवले बम नपड्काउने

मंसिर २१, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज साँझबाट बम नपड्काउने स्पष्ट पारेको छ । नेकपाले बम विस्फोटका घटना चुनाव विरुद्धको प्रतिरोध भएको भन्दै चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी समेत लिएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले चुनाव खारेजी अभियानको नेतृत्व गरेको दावी गर्दै पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गर्न चाहेको छैन ।

सो समूहका नेता पुनले प्रतिरोध अभियानका क्रममा कतिपय त्यस्ता घटना भएको हुन सक्ने बताए । उनले विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =