रोकिएन अवैध रूपमा बालुवा उत्खनन गर्ने कार्य

असार १३, गौशाला । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी लगिरहेका अवस्थामा जिल्ला समन्वय समिति महोत्तरीले दुई टिपरसहित छ ट्र्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय विकास अधिकारी युवराज पौडेलको नेतृत्वमा गएको टोलीले सीतापुर भंगहा गाउँपालिकास्थित भुताहा खोलामा बालुवा उत्खनन गरी लगिरहेका अवस्थामा दुई अनटेस्ट ट्र्याक्टर, ज १ त १३७१, २२१५ नंको ट्र्याक्टर र ना १ क ४५०९,  ४५०६ का टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रित गाडी इलाका प्रहरी कार्यालय भंगहामा बुझाइएको स्थानीय विकास अधिकारी पौडेलले बताए । जिल्लाका रातो, मरहा, जंगहा, अंकुशी र भुतहा खोलामा जिल्ला समन्वय समितिको इजाजतबिना बालुवा उत्खनन गर्नेमाथि कडा कारबाही गरिने सूचना आइतवार गरिए पनि सो सूचनाको बेवास्ता गर्दै सोमवार अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्न पुगेका ती ट्र्याक्टर र टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला समन्वय समितिका सूचना अधिकृत मिश्रीलाल यादवले बताए । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *