नेप्से परिसूचक ०.२५ प्रतिशतले घट्यो

असार १३, काठमाडौ । मङ्गलबार नेप्से परिसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ । केही समय बढेको बजार १ घण्टादेखि सुस्ताउन थालेको हो । ३ घण्टाको व्यापारमा शेयर बजार ३ दशमलव ९८ अङ्क घटेर १ हजार ५ सय ६३ दशमलव ७४ विन्दु पुगेको हो । यस व्यापार अवधिमा १ सय ३९ कम्पनीको ३ हजार ९ सय ८० पटकको व्यापारमा रू. ४० करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सबै समूहको परिसूचक घटेको छ ।

वित्त कम्पनी समूहको परिसूचक १ प्रतिशतले घटेको  छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३१ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ३४ प्रतिशत, बैङ्किङको शून्य दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत, बीमाको शून्य दशमलव १८ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव शून्य २ प्रतिशत घटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *