चीनसँग जोड्न दर्जन सडक निर्माण हुँदै

काठमाडौं, मंसिर २१ । सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ । चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीति अन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो ।

चीनसँगको केरुङ नाकामात्र सञ्चालन भइरहेको अवस्थामा अन्य नाकामा पनि सडक सञ्जालले जोड्न सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तातोपानी नाका करिब दुई वर्षदेखि बन्द छ भने मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि सञ्चालनमा आउन सकेको छैन ।

पाँच नाकामा दुई वर्षभित्रै सडक पुर्‍याउने योजना छ । अन्य नाकामा पनि चार वर्षभित्र सडक पुर्‍याउन काम भइरहेको छ । योजना अघि बढाउन उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना तयार गरेर कार्यान्वयन भइरहेको छ ।

चीन जोड्ने एक दर्जन नाकासम्म सडक ट्रयाक खोल्ने योजना रहेको आयोजना प्रमूख बलराम मिश्रले बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *