यी एप्सका कारण चाँडै स्मार्टफोनको ब्याट्री सकिन्छ ?

एजेन्सी । स्मार्टफोनको ब्याट्री राम्रै हुँदा पनि ब्याट्री चाँडै सकिने समस्या अधिकांश प्रयोगकर्ताले भोगिरहेका हुन्छन् । तर, यो के कारणले भइरहेको छ भन्ने थाहा हुँदैन । कहिलेकाँही फोनमा भएका विभिन्न एप्सका कारण पनि ब्याट्री चाँडै सकिने समस्या हुन्छ । केही एप्स यस्ता हुन्छन् जसले आवश्यकता भन्दा चाँडै ब्याट्री खपत गर्छन्।

त्यस्ता केही एप्स यी हुन्ः

१. फेसबुक एप (Facebook App)

फेसबुक एपले धेरै मात्रामा ब्याट्री खपत गर्छ भने यसबाट फोन पनि विस्तारै स्लो हुँदै जान्छ। त्यसकारण फेसबुक एप प्रयोग गर्नुको साटो ब्राउजरमा खोलेर प्रयोग गर्न सकिन्छ ।

२. वेदर एप्स (Weather Apps)

मौसमको जानकारी दिने वेदस एप्स लगातार अपडेट भइरहन्छन् । यसले ब्याट्री चाँडै सकिन्छ । यसको साटो ओके गुगल प्रयोग गर्न सकिन्छ ।

३. एन्टीभाइरस एप (Antivirus Apps)

यस्ता एप्सले मोबाइलको ब्याट्री चाँडै सकिनुका साथै फोनको पफर्मेन्स पनि कम गर्छन् ।

४.क्लिनीङ एप्स (Cleaning Apps)

यस्ता एप्सले जंक फाइल र क्याचे क्लियर गरेर फोनको पफर्मेन्स बढाउने दावा गरिएको भएपनि यसबाट ब्याट्री धेरै खपत हुन्छ।

यसको विकल्पमा एप डाउनलोड नगरी Settings>> Storage>> Clear Cached Data मा गएर cache क्लियर गर्न सकिन्छ ।

प्रत्येक एपको cache क्लियर गर्नः

Settings>> Apps>> Downloaded and tap app>> Clear Cache

५.डिफल्ट ब्राउजर (Default Browser)

यसले फोनको ब्याट्री धेरै मात्रामा खपत गर्छ। प्लेस्टोर वा आइट्यून्समा गएर योभन्दा तीव्र ब्राउजर डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *