आजका दैनिक पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, मंसिर २० । हिंसालाई मलजल नगरौं : नागरिक दैनिक

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि मुलुकबासीको प्रतीक्षा अबको केही घन्टापछि सकिँदैछ ।  संवैधानिक प्रक्रिया र शान्तिपुर्ण प्रतिस्पर्धामा विश्वास गर्नेका लागि मौन अवधका को पालना सबै पक्षबाट भईरहेको छ ।

मुलुककमो संक्रमणकालीन अवस्थाबाट सामान्य स्थितितर्फ प्रवेश गर्न लागेको यो क्षणलाई दुरुपयोग गरी आतंक मच्चाईरहकाहरु भने मौन छैनन् ।

तिनले लुकेर उम्मेदवार, मतदाता र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरिरहेका छन् ।  मुलुकको समस्या समाधानका निम्ति अब हिंसात्मक बाटो परित्याग गरी शान्तिपुर्ण गतिविधिमा लाग्नुको विकल्प छैन ।

मास क्याजल्टीको संवेदनशीलताः अन्नपुर्ण पोष्ट

सोमबार कांग्रेसको तर्फबाट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका प्रत्याशी गगन थापालगायत कार्यकर्तामाथि लक्षित बम विस्फोटको घटनापछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा जुन दृश्य देखियो, त्यसले ‘मास क्याजल्टी’ प्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ, जसबारे थप विमर्श आवश्यक छ ।

घाइतेको उद्धार र उपचार क्रममा त्यहाँ जुन अव्यवस्था देखियो, त्यसमा व्यापक सुधार हुनुपर्ने महसुस स्वयं चिकित्सकहरूले गरेका छन् ।

अस्पताल व्यवस्थापन, सुरक्षाकर्मी वा स्वयं भीडमा उपस्थित जनसमुदायले पनि यसखाले दु:खद् घटना हुँदा संयमित भएर पहिले उद्धार र शीघ्र उपचार हुने वातावरण बनाउन सहयोग गर्नुपर्छ ।

अस्पतालमा तपाईंका मात्र होइनन्, अन्य सर्वसाधारणसमेत उपचाररत हुन्छन् र तीमध्ये कतिपयलाई तिनको अवस्थाको कारण तत्कालै अन्यत्र लैजानुपर्ने अवस्था आउन सक्छ । त्यसो हुँदा अस्पतालपरिसर र वरपरको मार्ग जहिल्यै खुला र सहज हुन आवश्यक छ ।

यी तमाम विषयलाई ख्याल राख्दै सुरक्षाकर्मी, उद्धारक स्वयंसेवी, अस्पताल प्रशासन र सर्वसाधारणले मास क्याजल्टी हुँदा संवेदनशील हुनु आवश्यक देखिन्छ ।

खानेपानीमा खेलबाडः कान्तिपुर दैनिक 

राजधानी उपत्यकामा ट्यांकरबाट हुँदै आएको पानी आपूर्तिलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । नियमनकारी निकायको कमजोरीका कारण उपभोक्ताको घर–घरमा खानेपानी ढुवानी गर्ने धेरै ट्यांकरले आधारभूत मापदण्डसमेत पूरा गरेको पाइँदैन ।

मानव स्वास्थ्यसँग जोडिने पानीजस्तो संवेदनशील क्षेत्रमा नियमनकारी सरकारी निकाय र व्यवसायीको लापरबाही निन्दनीय छ । दूषित पानी बिक्री संविधानप्रदत्त स्वास्थ्य तथा उपभोक्तासम्बन्धी मौलिक हकविपरीत समेत छ ।

उपत्यकामा ट्यांकरले बोकेको पानीमा हानिकारक जीवाणु भेटिएपछि यो व्यवसायलाई व्यवस्थित बनाउँदै उपभोक्ताकहाँ गुणस्तरीय पानी पुर्‍याउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘ट्यांकर सेवा सञ्चालनसम्बन्धी निर्देशिका’ बनाएर गत वर्षदेखि लागू गरेको छ ।

निर्देशिकाअनुसार ट्यांकरका दुवै साइड र पछाडिको भागमा ढुवानीकर्ताको नाम, फोन नम्बर, प्रयोजन, अनुमतिपत्र र क्षमता उल्लेख गर्नुपर्छ ।

यस्तै, उपभोक्ताले किन्दै आएको जार र बोतलको पानीको शुद्धताबारे पनि बेला–बेला प्रश्न उठ्दै आएको र यदाकदा हुने परीक्षणमा हानिकारक जीवाणु पाइएको हुनाले तिनीहरूको शुद्धता नियमित परीक्षण गर्दै लापरबाही देखिए कारबाही गर्न पनि जरुरी छ ।

निर्वाचनलाई भयरहित बनाऊः नेपाल समाचारपत्र 

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचनमा मतदान गर्न मतदाता तयारी अवस्थामा रहेका छन् ।

निर्वाचनको प्रचार–प्रसारको कार्यक्रम सम्पन्न भएर मौन अवधि शुरू भएको छ । यता निर्वाचनको क्रममा शृंखलाबद्धरूपमा उम्मेदवार लक्षित बम विस्फोटका घटनाले आम मतदातालाई त्रसित बनाउने काम गरेको छ ।

बम विस्फोटमा परी एक जनाको निधन भएको छ भने दर्जनौं घाइते भएका छन् । बम विस्फोटनको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोटन गराएको भन्दै दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ, तर पनि घटना बढिरहेको छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्ररूपमा सम्पन्न गराउन सरकारले सबै प्रकारका कदम चाल्नुपर्छ । मतदाताले निर्धक्क भएर मतदान केन्द्रसम्म गएर स्वतन्त्रपूर्वक मतदान गर्न पाउने व्यवस्था सरकारले गर्नै पर्छ ।

साथै शृंखलाबद्धरूपमा बम विस्फोट गराउने आपराधिक समूहलाई पक्राउ गरी दोषीमाथि कडा कारबाही गर्न सरकार कुनै हालतमा पछि पर्नुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *