‘वाम गठबन्धन टुटेको हल्ला मात्रै’

मङ्सिर १९, सल्यान । सल्यान जिल्लामा बाम गठबन्धन टुटेको समाचारमा सत्यता नरहेको गठबन्धनले स्पष्ट पारेको छ । वाम गठबन्धन टुटेको अपुष्ट समाचार बाहिर आएपछि बाम गठबन्धन सल्यानका नेताहरुले गम्भीर आपत्ती प्रकट गरेका छन् ।

नेकपा (माओवादी केन्द) का नेता, बिनाबिभागिय मन्त्री साथै बाम गठबन्धनका प्रतिनिधि सभाका साझा उम्मेदवार टेक बहादुर बस्नेतले कडा आपत्ती प्रकट गरेका छन् । आफ्नो नाम जोडेर आफुले बोल्दै नबोलेको कुरा बाहिर ल्याएको बताएका छन् । बस्नेत भने ” सल्यान जिल्लामा बाम गठबन्धनमा चट्टानी एकता छ, कसैले भ्रम भैलाउदैमा कार्यकर्ता भ्रममा पर्दैनन ।”

तेसै गरि नेकपा (एमाले) नेता तथा सल्यान १ नम्बर क्षेत्र बाट बाम गठबन्धनका प्रदेश सभाका साझा उम्मेदवार गुलाब जंग शाहले पनि हुँदै नभएको समाचार लेखेर केही पत्रकारले पत्रकारीताको खिल्ली उडाएको बताएका छन् ।

साथै नेकपा एमालेका नेता तथा सल्यान २ नम्बर क्षेत्र बाट बाम गठबन्धनका प्रदेश सभाका साझा उम्मेदवार प्रकाश ज्वालाले कुनै पनि शक्तिले बाम गठबन्धनमा फुट ल्याउन नसक्ने बताएका छन् । केही अदृश्य शक्तिले गठबन्धनमा टुट आयो भनेर मनको लड्डु घिउ संग खाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *