कञ्चनपुरको पौलाहामा भेटियो आठ फिट लामो अजिंगर

२०७४ जेठ १५ गते

“
मंसिर १९, बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ पौलाहामा झण्डै आठ फिट लामो अजिंगर फेला परेको छ ।
पौलाहास्थित उखु बारीमा फेला परेको सो अजिंगरलाई स्थानीयले छोपेर सिंहपाल सामुदायिक बन उपभोक्ता समितिलाई बुझाएका थिए ।
बन समितिका अध्यक्ष विक्रम चौधरीले अजिंगरलाई जंगलमा लगेर छोड्ने जानकारी दिए । उनले केही दिन अघि पनि सोही स्थानमा अजिंगर भेटिएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको सो क्षेत्रमा बेला बेला विभिन्न लोपोन्मुख जंगली जनावर भेटिने गरेका छन् ।
स्थानीय किसानले उखु काट्दै गर्दा सो अजिंगर फेला परेको हो । उखुबारीमै मतदातालाई भेटेर भोट हाल्न सिकाउँदै गर्दा अजिंगर फेला परेको राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार लक्ष्मी चौधरीले बताईन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित