निर्वाचनको सम्पुर्ण तयारी पुरा

मंसिर १९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाले सरकारले सुरक्षाको बलियो प्रबन्ध गरेको बताए ।
उनले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद प्रकट गर्दै निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको बताए । मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा र्पुयाउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको र मतगणनामा कुनै अप्रिय घट्नान होस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्न निर्देशन दिइएको छ ।

निर्वाचन आयोगले मौन अवधिभर निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधिको सबै उम्मेदवार र संचारमाध्यमले पालना गर्ने विश्वास व्यक्त गरेका छन् । प्रवक्ता ढकालले मौन अवधिमा जनतालाई स्वतन्त्र छोड्नुपर्ने भएकाले कुनै पनि प्रचार र लोभ देखाउने काम नगर्नसमेत आग्रह गरे ।

तर आयोगले मतदाता शिक्षा दिन भने मौन अवधिलाई नै सबैभन्दा धेरै प्रयोग गर्ने भएको छ ।आयोगले हरेक मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्दै मतदातालाई भोट खसाल्ने तरिका सिकाउँदै छ । मतदाता शिक्षाका लागि निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि एकजना स्वयम् सेवक खटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *