मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

२०७४ जेठ १५ गते

“
मंसिर १९, गौर । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।
रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताए । मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित