बाप्पेलाई रियलमा ल्याउन मुख्य खेलाडी बेच्नैपर्ने अवस्था

एजेन्सी – एएस मोनाकोका युवा खेलाडी किलियन बाप्पेलाई रियल म्याड्रिडमा ल्याउन स्पेनिस क्लब रियलले आफ्नो एक मुख्य खेलाडीलाई बेच्नैपर्ने अवस्था सिर्जना भएको छ । बाप्पेले रियलमा आवद्ध हुनका लागि राखेको शर्तका कारण यो अवस्था आइपरेको हो ।

एएस मोनाकोका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग वानको उपाधि दिलाएका बाप्पे हाल म्याड्रिडको नजरमा रहेका छन् । उनलाई भित्र्याउन क्लबले विश्व कीर्तिमानी रकम तिर्ने तरखर गरेको बुझिएको छ । तर, बाप्पेले भने आफु सुरुवाती एघारमा खेल्न पाउने पक्का भएमात्र म्याड्रिडमा जाने मनासय बनाएका छन् । उनले आफु वैकल्पिक खेलाडीको रुपमा बस्ने इच्छा नरहेको बताएका थिए ।

म्याड्रिडले पनि क्रिस्टियानो रोनाल्डो, करीम बेन्जेमा र ग्यारेथ बेलमध्य एक खेलाडीलाई बेचे अथवा सुरुवाती एघारबाट हटाएमात्र बाप्पेलाई क्लबमा भित्र्याउन सक्छ । क्लबले बाप्पेलाई उनको लागि सुरुवाती एघारमा स्थान रहने बताउँदै मोनाकोसँग स्थानान्तरणको सम्झौताका लागि कुरा अघि बढाएको छ ।

यस अघि नेयमारलाई पनि यस्तै अवस्थामा भित्र्याउन नसक्दा उनी बार्सिलोना लागेकाले म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज बाप्पेलाई भित्र्याउन म्याड्रिडले कुनै कसर नछाड्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *