प्रचार प्रसारको अन्तिम दिन जनकपुरमा शक्ति प्रर्दशन

मंसिर १८, जनकपुरधाम । मंसिर २१ गते विहिबार दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचार अभियानको अन्तिम दिन सोमबार दुई मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले जनकपुरमा शक्ति प्रर्दशन गरेका छन ।

नेपाली काँग्रेसका नेता एवम् धुनषा क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधि र प्रमुख प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार राजेन्द्र महतोको नेतृत्वमा दुवै पार्टीले रोड सो, पत्रकार सम्मेलनलगायतका कार्यक्रम गरी चुनावी प्रचार अभियानको अन्तिम दिन सोमबार जनकपुरमा शक्ति प्रर्दशन गरेका हुन ।

यसै अवसरमा काँग्रेस नेता निधिले रोड सो मार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए भने राजपाका उम्मेदवार महतोले पत्रकार सम्मेलन गरी अव निधि शासन जनकपुरमा अत्य हुने दावी गरेका थिए । निधिले महतोलाई टुरिष्ठ उम्मेदवारको आरोप लगाउने गर्नु भएको छ भने महतोले निधिलाई मधेशी विरोधीको आरोप लगाउँदै आएका छन् । धनुषा क्षेत्र नम्बर ३ मा निधि र महतो नै मुख्य प्रतिस्पर्धी हुन ।

यसैबीच, धनुषा जिल्ला प्रशासन कार्यालयले निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाएको जनाएको छ । निर्वाचनमा अप्रिय घटना हुन नदिन जनकपुरमा चोक, चोकमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *