लागुऔषध सहित पक्राउ

काठमाडौँ, १३ असार । प्रहरीले एक हजार २०१ एम्पुल लागु औषध सहित थानकोटबाट सर्लाही, कलैया घर भएका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई आज पक्राउ गरेको छ ।

बाराको कलैयाबाट राजधानी भित्रिँदै गरेको बा ६ ख ४८८५ नंको बसमा खुलालले झोलाभित्र कपडामा बेरेर राखेको सो लागुऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । उनका साथबाट डाइजोल्य र नोरफिन चार सय एम्पुल र फेनारगन चार सय एक एम्पुल बरामद भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *