मीरा राईले जितिन् ‘एसियन स्काई रनिङ च्याम्पियनसिप’को उपाधि

“अल्ट्रा धाविका मीरा राईले प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् ।

तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् ।
दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए ।

पुरुषतर्फ स्पेनका क्रिस्टोफर क्लेमेन्ट (५ घण्टा ३९ मिनेट) पहिलो भए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए। महिलातर्फ भने ३८ धाविका दौडिएका थिए ।

नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै पहिलो उपाधि जितेकी थिईन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =