अमेरिकी राष्ट्रपतिद्वारा एफबीआईको कडा आलोचना
२०७४ जेठ १५ गते

“
मंसिर १८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ (एफबीआई)को कडा आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् ।अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् ।
एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे ।चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले ठाडै अस्वीकार गरका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








