विवाद पछि होन्डुरसमा पुन: मतगणना

मंसिर १८, काठमाडौं । होन्डुरसमा भएको राष्ट्रपतीय निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएपछि पुनगणना थालिएको छ । विपक्षी गठनबन्धनको आग्रहपछि पुन गणना गरिएको हो ।

यद्यपी आफ्नो आग्रह विपरित करिब ६ प्रतिशत मत मात्रै पुन गणना गर्न लागिएको भन्दै विपक्षी दलले गणना बहिष्कार गरेका छन् । विभिन्न मतदान केन्द्रका मतगणनामा समेत धाँधली भएको विपक्षीको आरोप छ । मतगणनाको बिरोध गर्दै भएको प्रदर्शनका क्रममा हिंसा भड्किदा ३ जनाको मृत्यु भयो भने सयबढी पक्राउ परेका छन् ।

थप हिंसा हुन नदिन भन्दै त्यहाँको सरकारले रातीको समयमा कर्फ्यु लगाएको छ । यसअघि हिजो पनि विपक्षी उम्मेदवार साल्भाडोर नसरल्लाको समर्थनमा विभिन्न शहरर्मा याली निकालिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *