कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक

मंसिर १८, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बतासले बताए । गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसैबिच त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले लिएको एमबीबीएसको प्रवेश परिक्षामा ३ हजार बढि विद्यार्थी उत्तिर्ण भएका छन् । आइ ओ एमले गत मंसिर १६ गते लिएको परिक्षामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका हुन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *